१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्राजिलको शानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ।

शनिबार सम्पन्न खेलमा ब्राजिलले घानालाई ३-० गोल अन्तरले हराएको हो। ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल र मार्क्विन्होसले एक गोल गरे।

मार्क्विन्होसले खेलको नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए। २८ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टिमलाई दोब्बर अग्रता बनाए। खेलको ३९ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए।

प्रकाशित: ८ आश्विन २०७९ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App