coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्वालिटी थाइ फुड्स र न्यु सेप जिम फाइनलमा

विराटनगरमा जारी ‘कर्पोरेट फुटसल’ प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विराटनगरको क्वालिटी थाइ फुड्स र टंकीसिनवारीको न्यु सेप जिम फाइनलमा प्रवेश गरेका छन्।  

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आयोजना गरेको प्रतियोगितामा मिलन कार्कीले ह्याट्रिक गर्दा क्वालिटी थाइ फुड्सले विराटनगरको जय माँ कालीलाई ४–३ गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। क्वालिटीका लागि थप एक गोल नवीन चौधरीले गरे। जय माँ कालीका लागि ईश्वर खवास, मेहुल क्षेत्री र क्षितिज थापामगरले गोल गरेका थिए।  

त्यस्तै, दोस्रो खेलमा न्यु सेप जिमले आकृति फर्मालाई ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। न्यु सेपका लागि सुमित चौधरीले २ गोल, निशान थापामगर र सुमन लिम्बुले समान १ गोल गरे। आकृतिका लागि सरोज राई र मानस पाण्डेले १÷१ गोल गरेका थिए।

प्रतियोगिताको फाइनल बिहीबार हुँदै छ।  खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्।

 उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १० हजार रूपैयाँ प्राप्त गर्ने खेल संयोजक उत्कृष्ट भट्टराईले बताए। प्रतियोगिताको सहप्रायोजन नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक) ले गर्दा हिमालयन एभरेस्ट इन्स्योरेन्स, मार्बल पिभिसी, इस्टर्न मोटर्स, राइना प्लास्टिक, एसिसी इँटा, लुम्बिनी जनरल इन्स्योरेन्सलगायतले प्रायोजन गरेका छन्। 

प्रकाशित: ६ आश्विन २०७९ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App