७ वैशाख २०८१ शुक्रबार
खेल

२०२२ काे विश्वकप र २०२४ को युरोकप खेल्ने रोनाल्डोको चाहना

क्रिस्टियानो रोनाल्डोले २०२२ को विश्वकपपछि २०२४ काे युराेकप पनि देशका लागि खेल्ने चाहना रहेको बताएका छन्।उनले क्विनास डेमा अवार्डमा बोल्दै कतारमा यसै वर्ष हुने विश्वकपपछि आफ्नो लक्ष्य २०२४ को युरोकप पनि खेल्ने रहेको बताएका हुन्।

उनले भने, ‘अवार्ड पाउँदा मलाई गर्व छ, मैले कहिल्यै सोचेको थिइन कि म यो हासिल गर्न सक्छु, म अझै केही वर्ष पोर्चुगल टोलीको हिस्सा बन्ने आशा गर्छु, यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सदुपयोग गर्न चाहन्छु। म उत्प्रेरित महसुस गर्छु, मेरो महत्वाकांक्षा उच्च छ, म युवाहरूको टोलीमा छु र म यो विश्वकप र २०२४ को युरोपेली प्रतियोगिताको पनि हिस्सा बन्न चाहन्छु,’

३७ वर्षीय लेजेण्ड फरवार्डका लागि कतारमा नोभेम्बर र डिसेम्बरमा हुने विश्वकप नै अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने चर्चा चलिरहेका बेला उनको यो भनाइ आएको हो।

पोर्चुगलका लागि १८९ खेल खेलेको रोनाल्डोले ११७ गोल गरेका छन्। उनको नाममा अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रका लागि धेरै गोल गर्ने कीर्तिमान समेत छ। कतार विश्वकप रोनाल्डोको लागि दशौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

प्रकाशित: ५ आश्विन २०७९ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App