४ वैशाख २०८१ मंगलबार
खेल

बीसीबीले बंगलादेशी महिला फुटबल टिमलाई ५० लाख टाका दिने

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले सोमबार पहिलो पटक महिला साफ च्याम्पियनसिपमा च्याम्पियन बनेको राष्ट्रिय महिला टिमलाई ५० लाख बंगलादेशी टका पुरस्कार दिने घोषणा गरेको छ। सोमबार काठमाडौंको दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ को नतिजामा पराजित गर्दै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो।  

बिसिबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो। बिसिबीका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय महिला टिमले उत्कृष्ट प्रदर्शन र ऐतिहासिक उपलब्धिसहित देशलाई नै गौरवान्वित बनाएको छ।’

‘हामी यसको प्रशंसा गर्दै टिमलाई ५० लाख टका प्रदान गर्ने म घोषणा गछु,’ विज्ञप्तिमा भनिएको छ, ‘साफमा यो सफलताले देशभरका खेलकर्मीलाई उत्प्रेरित गर्नेमा कुनै शंका छैन।’

उनले भने,‘उनीहरूको प्रयासको लागि हाम्रो प्रशंसा र समर्थनको रुपमा बीसीबीको तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका घोषणा गर्दैछु, मलाई कुनै शंका छैन कि साफको विजयले देशभरका खेलाडीहरू र महिलाहरूलाई र खेलकुद टोलीहरूलाई सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय गौरवको लागि प्रयास गर्न धेरै प्रेरित गर्नेछ।’

बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा पाँच पटकको च्याम्पियन भारत र घरेलु टोली नेपाललाई समेत पहिलो पटक हराएको थियो।

प्रकाशित: ५ आश्विन २०७९ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App