coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एलेन र इभानालाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभिएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन्।

काठमाडौं खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएका हुन्। राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई ११–५, ११–७ र ११–७ को सेटमा हराए। केकेएम/एनआरटीका शंकर पहाडी र एभिएमका अतित गुरुङ तेस्रो भए। गर्ल्सको स्वर्ण भिडन्तमा इभानाले केकेएम/एनआरटीकी नर्मदा खाइतुलाई ११–८, ११–६ र ११–३ को सेटमा हराइन्। एभिएमका आर्सना महर्जन र साइरा शाक्य तेस्रो बने।  

प्रकाशित: ५ आश्विन २०७९ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App