८ वैशाख २०८१ शनिबार
खेल

बास्केटबल टोलीको बिदाइ

साबा महिला बास्केटबलमा सहभागी हुन नेपाली टोली सामूहिक तस्बिर खिचाउँदै।

माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ। 

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ। सदिना श्रेष्ठको कप्तानीमा एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का माल्दिभ्स जानेछन्।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन्। फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्। टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ।

धावक कार्की जनकपुरसम्म दौडदैँ

धावक रामसुन्दर कार्की गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन्। मंसिर १० गते कार्कीले दौड यात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैंले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्ने छन्। मंसिर १२ गते जनकपुर पुग्ने छन्।

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैंले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौडन लागेको कार्कीले बताएका छन्।

 

एलेन र इभानालाई स्वर्ण

आदर्श विद्या मन्दिर ९एभीएम० का एलेन महर्जन र इभाना थापाले केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन्। क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएकी हुन्।

काठमाडौँ खेल मण्डल (केकेएम) न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई ११–५, ११–७ र ११–७ को सोझो सेटमा पराजित गरे। केकेएम/एनआरटीका शंकर पहाडी र एभीएमका अतित गुरुङ तेश्रो भए।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्सको स्वर्ण भिडन्तमा इभानाले केकेएम/एनआरटीकी नर्मदा खाइतुलाई ११–८, ११–६ र ११–३ को सीधा सेटमा हराइन्। एभीएमका आर्सना महर्जन र साइरा शाक्य तेश्रो बनिन्।

प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे। पुरुष/महिला, क्याडेट र जुनियर ब्वाइज/गल्र्स सिंगल्स ६ तथा भेट्रानमा ५ गरी जम्मा ११ स्पर्धा समावेश छन्।

भेट्रानका ५ स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ। पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। जुनियर ब्वाइज/गल्र्स सिंगल्स यु–१९ तथा क्याडेट ब्वाइज/गल्र्स सिंगल्स यु–१५० मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय/२ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन्। प्रतियोगिता शुक्रबारसम्म चल्ने छ।

प्रकाशित: ४ आश्विन २०७९ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App