८ वैशाख २०८१ शनिबार
खेल

नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले लिए सन्यास

नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबल टोलीबाट सन्यास लिएका छन्।

डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि तीनै खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्।

राखेप सदस्य सचिव टंक लाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरेका हुन्। त्रिभुवन आर्मी क्लबबाट तीनै जना खेलाडी फुटबल खेल्ने गर्छन।

प्रकाशित: ३ आश्विन २०७९ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App