coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्वाटरफाइनलमा युनाइटेड र भरौल भेट्रान

प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको क्वाटर फाइनलमा विराटनगरको युनाइटेड भेट्रान्स क्लब र सुनसरीको भरौल भेट्रान्स क्लब पुगेको छ।  

विराटनगरमा सोमबार भएको पहिलो खेलमा युनाइटेडले सुनसरीको दुहबी भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। युनाइटेडलाई जित दिलाउन हर्कराज गुरूङले निर्णायक गोल गरे।  

खेल सुरु भएको तेस्रो मिनेटमै युनाइटेडका लागि हर्कले गरेको गोल नै निर्णायक बन्यो। उसले डिबक्सभित्र पाएको पासलाई सदुपयोग गर्दै सुन्दर गोल गरे। हर्कले म्यान अफ द म्याचको पुरस्कार २ हजार १ सय रुपैयाँ प्राप्त गरे।  

त्यसैगरी, दोस्रो खेलमा भरौलले झापाको विर्तामोड भेट्रान्स क्बललाई २–१ गोलले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ। भरौलका सन्तोष लिम्बू र डेनिम राईले समान १–१ गोल गरेका थिए भने एक मात्र सान्तवना गोल टेकराज सुब्बाले गरे।    

खेलको १७औं मिनेटमा भरौलका सन्तोष लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए। डिबक्सभित्र मिलन देवानले मिलाइ दिएको पासमा लिम्बू गोल गरेका हुन्। ७० मिनेटको खेलमा मध्यान्तरअघिसम्म भरौलले दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन सकेन।    

४१औं मिनेटमा विर्तामोडका टेकराज सुब्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीको खेल धेरै समय टिक्न सकेन र ५४ औं मिनेटमा डेनिम राईले भरौलका लागि दोस्रो गोल गर्दै खेलमा अग्रता बनाए। म्यान अफ द म्याच भरौलका प्रेम घिमिरेले २ हजार १ सय रूपैयाँ प्राप्त गरे।    

प्रतियोगिताअन्तर्गत मंगलबारको खेल मोरङ उर्लाबारीको राजघाट भेट्रान्स क्लब र विराटनगर हाटखोलाको  मर्निङग भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ३ आश्विन २०७९ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App