coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: ६ जिल्लामा ३६ खेल, महिला फुटबल स्याङजा र कास्कीमा गर्ने दुविधा

खेलस्थल र खेल मिति सार्वजनिक समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज। तस्बिर उमेश पुन/नागरिक

एक महिना बाँकी रहदाँ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल तय गरेको छ। आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ५ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो।  

कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो। सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ। क्रिकेट गत भदौ २३ गतेदेखि नै काठमाडौंमा सञ्चालित छ। क्रिकेट प्रतियोगिता शुरु भएपनि निरन्तर पानी परेपछि बाग्मती, गण्डकी, शसस्त्र प्रहरी बलभने प्रतियोगिता नखेली बाहिरिएका छन्।  

स्वीमिङलाई काठमाडौंमा सार्ने योजना भएपनि अन्तत पोखराको फिस्टेल एकेडेमीमा आयोजना गर्ने निर्णय परिषदले गरेको छ। म्याग्दी(तेक्वान्दो, महिला भलिबल) बाग्लुङ,(आईटिएफ तेक्वान्दो) नवलपुरमा(सेपाक ताक्रो र कुस्ती) गोरखामा (बुद्धिचाल) खेलाउने तय गरिएको छ। स्याङजाको वालिङमा महिला फुटबल आयोजना गर्ने विषयमा ठोस निर्णय भने नसकेको परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए। तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा कुनैपनि खेल आयोजना नहुने परिषदले उल्लेख गरेको छ। लमजुङमा जिल्ला खेलकुद विकास समितिको प्रशासनिक कर्मचारी नै छैन्।  

एथलेटिक्स(ट्रयाक एण्ड फिल्ड) पोखरा रंगशालामा खेलाईने छ। महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाइने छ। शारीरिक सुगठन पोखरा सभागृह, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, रग्बी भण्डारढीक खेल मैदान, कबड्डी रन्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाईने निर्णय परिषदले गरेको छ।  

टेवल टेनिस पोखरा इन्द्रमार्गस्थित कोल्माबाहकोट समाज, हक्की पुरुष गौरीशंकर खेल मैदान र महिला हक्की पोखराकै गण्डकी आवासिय विद्यालय लामाचौरमा खेलाईने छ। साईक्लिङ पोखराको रानीबनमा र ट्रायथोलन लेकसाईड(फेवाताल किनार)मा खेलाइने छ। खेलतालिका अनुुसार असोज २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता शुरु हुने छ। २४ गते उसु र फेन्सिङ प्रतियोगिता शुरु गराईने परिषदले उल्लेख गरेको छ। असोज २५ गते महिला तथा पुरुष कबड्डी प्रतियोगिता शुरु हुने छ।

२७ गते बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, महिला तथा पुरुष फुटबल र फुलकन्ट्याक्ट कराँते प्रतियोगिता खेलाईने छ। २८ गते पोखरा रंगशालामा उदघाटन समारोह हुने परिषदले जनाएको छ। खेलस्थल तथा खेल तालिका सार्वजनिक समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाए। उनले खेलकुद प्रतियोगितालाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २९ भाद्र २०७९ १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App