coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अम्मलीलाई जीवन परिवर्तनको पाठ सिकाउन फुटसल

लागूऔषधको कुलतमा फसेका युवालाई सचेतना फैलाउन आयोजित फुटसलमा प्रतिस्पर्धा गर्दै युवा।

अचेल हरेक समाजमा लागूऔषधको लतमा फस्ने बग्रेल्ती युवा भेटिने गरेका छन्। कुलतमा फसेका कतिपयले आफ्नो जीवन बर्बाद बनाइरहेका छन्। कतिपयले भने एक पटकको कुलती सँधैको कुलती हुँदैन भन्ने सोचाइलाई प्रमाणित गर्दै उनीहरुको जीवनले ‘यू’ टर्न लिएका छन्।

विगतको गल्तीलाई  भुलेर समाजमा जीवनमा चामत्कारिक परिवर्तन आउने पनि थुप्रै भेटिन्छन्। कुलतमा फसेका युवालाई परिवर्तन ल्याउन सुधार केन्द्र त खुलेकै छन् थुप्रै अभियान्ता र सामाजिक संस्थाका प्रतिनिधि पनि लागेका छन्।

कतिपय लागूऔषधको कुलतमा फसेकाले चारैतिरबाट हन्डर खाएपछि मात्र आँखा खुलेका पनि छन्। लागूऔषध कुलतमा फसेकालाई आँखा खुलाउनकै लागि शनिबार इटहरीमा फुटसल प्रतियोगिता नै गरिएको छ।

लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौँ पछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसले गर्दा पनि कुलतमा फसेका युवाहरुलाई खेलमा सहभागी गराएर कुलत त्याग्न सन्देश पुर्‍याउन फुटसल गरिएको श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं. १ का उपाध्यक्ष श्याम पोख्रेलले बताए।

फुटसल प्रतियोगितामा प्रदेश १ का झापा मोरङ् सुनसरी, इलामलगायतका जिल्लाका १२ वटा टिमको सहभागीता रहेको थियो। प्रतियोगितामा इलाम प्रारम्भिक प्रणामी युवा समिति प्रथम भएको छ। इलामले १० हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरियो।

यस्तै, इटहरी प्रणामी प्रारम्भिक युवा समिति दोस्रो भएसँगै पाँच हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ। हुन त ‘लागूऔषध’ प्रयोग गर्ने मानिस एक प्रकारको बिरामी नै हो। उनीहरुलाई सजाय भन्दा पनि परामर्श, माया र सचेतना नै यसको नियन्त्रण गर्ने मुख्य उपचार हुने ठानेर फुटसल गरिएको आयोजकका पोख्रेलले बताए।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं.१, कार्य समितिको आयोजना, जिल्ला कार्य समिति सुनसरीको संयोजन तथा प्रारम्भिक समिति मुक्तिधाम इटहरीको व्यवस्थापनमा फुटसल गरिएको हो।

प्रकाशित: २५ भाद्र २०७९ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App