७ वैशाख २०८१ शुक्रबार
खेल

आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित

विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आईटेल) ले ब्राण्ड एम्बासडर नियुक्त गरेको छ। महालक्ष्मी मोबाईल आईटेलले सोमबार एक कार्यक्रमको आयोजना गरेर क्रिकेटर अमितलाई एक वर्षको सम्झौता गरी ब्राण्ड एम्बासडर नियुक्त गरेको हो।

आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। २८ वर्षीय अमितले कुनै प्रतियोगिता खेल्दा आइटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउनेछन्।  

दायाँ हाते ब्याट्सम्यान अमितले नेपालको यु–१९ टोलीबाट समेत खेलिसकेका छन् भने घरेलु प्रतियोगितामा लगातार दुई शतक प्रहार गरेका छन्। विरगञ्जबाट खेलेका अमितले सन् २०१२ मा दुई शतक बनाएका थिए। सन २०१७ बाट प्रयोगमा आएको आईटेल हाल अहिले १७ देशमा प्रयोगमा रहेकाे छ। जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेलले जानकारी दिए।  

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण पुलिसका कप्तानसँग सहकार्य गरेको बताए। ‘क्रिकेट सबैले रुचाएको खेल हो। खेलको लागि हामीले केही गरौं भनेर क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं।’ 

उनले भने, ‘खेलाडीलाई पनि सहयोग होस र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं।’ पौडेलका अनुसार अमितले प्रयोग गर्ने खेल सामग्री करिब १ लाख २० हजारसम्म हुन जाने बताए। यस्तै अमितले भविष्यमा क्रिकेट खेल्नका लागि आईटेलसँगको सहकार्यले राहत पुग्ने बताए। ‘यो सहकार्यको लागि आइटेललाई धन्यवाद। यसले मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ’ उनले भने।

प्रकाशित: ३० श्रावण २०७९ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App