coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कराँते खेलाडीको बिदाइ

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा बिदाइ गरिएको छ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप’मा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन्। कञ्चनबारी कराँते एकेडेमीले आयोजना गरेको बिदाइ कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर बिदाइ गरे।

खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, मेयर कोइरालाले भने, ‘खेलकुदबाट राष्ट्रको नाम र इज्जत फैलाउन सकिन्छ। खेलकुदका माध्यमबाट समाज परिवर्तन गर्दै युवाहरुलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन सकिन्छ । खेल अझ पनि सोचे अनुरुपको व्यवसायी बन्न सकेको छैन।’  

कञ्चनबारी कराँते एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिएका थिए। प्रतियोगिता अगष्ट १९ देखि २३ तारिखसम्म थाइल्याण्डमा हुनेछ।

प्रकाशित: ३० श्रावण २०७९ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App