८ वैशाख २०८१ शनिबार
खेल

एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाँडे पदमुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाँडेलाई पदमुक्त गर्ने निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिती बैठकको गाठो तत्कालका लागि फुकेको छ।

ललितपुर स्थित एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले असार ६ गते सम्पन्न निर्वाचन पछि नियुक्त गरिएका अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक नविन पाँडेलाई पदपुक्त गराउने निर्णयसँगै एन्फाको गाँठो तत्कालका लागि फुकेको हो।  

पाँडेलाई अध्यक्षको प्रमुख सल्लाहकारमा राखिने एन्फाले जनाएको छ। पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो कार्यसमिती बैठकले महासचिबमा किरण राई, कोषध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक पाण्डेलाई नियुक्त गरेको थियो।

महासचिव राई र कोषाध्यक्ष जोशीको नियुक्तीमा कुनै विवाद नउठे पनि पाँडेको नियुक्ती भने विवादित बनेको थियो। सोही विवाद पछि कार्यसमितिको बैठक दुई पटक स्थगित भएको थियो। बिहीबारको बैठकले सुरेश शाहलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

लामो प्रयास पछि सम्पन्न बैठकले विभिन्न अन्य निर्ण पनि गरेको छ।  फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) असोज तेस्रो साता आयोजना गर्न दिने निर्णय गरेको छ। बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपालमा आयोजना गर्ने र प्रशिक्षणको जिम्मा प्रदिप हुमागाईलाई दिने, नेपालमा नै आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपको टिकट मूल्य निर्धारण, ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता आयोजना गर्ने मिति समेत तय बैठकले गरेको छ।

यस्तै उपाध्यक्ष विराट जंग शाहिको संयोजकत्वमा कार्यसमिति सदस्यहरु अनिल मल्ल र मनिष जोशी सदस्यह र महासचिव किरण राई सदस्य सचिव रहने गरी पदपूर्ति समिति पनि गर्ने निर्ण गरेको छ। कार्यसमिति बैठकले एन्फाको विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको छ भने नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ।

एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो। बैठकले विगतमा भएको सम्झौतामा त्रुटि पूर्ण रहेको भन्दै सम्झौता खारेज गरेर सम्झौता नविकरण गर्ने जनाएको छ। त्यसका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन भएको छ। समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा रहेका छन्। बैठकले एनसएसल सँगै सहिद सि डिभिजन छनोट असोज १ देखि असोज ३० गतेसम्म गर्ने निर्णय भएको छ।

प्रकाशित: २६ श्रावण २०७९ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App