coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एक दिनअघि नै उद्घाटन खेल !

कतार विश्वकप २०२२

यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच एक दिनअगाडि नै हुने बुधबार स्रोतले बताएको छ।

विश्वकप फुटबलको मिति तीन महिना बाँकी रहँदा फिफा स्रोतले तय भएको तालिकाभन्दा एक दिनअगाडि नै उद्घाटन खेल हुने बताएको हो। उद्घाटनमा आयोजकले खेल्ने बताएको हो। यससँगै कतार र इक्वेडरबीच २४ घण्टाअगाडि नै खेल हुने भएको हो। कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने योजना छ। उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ।

यस्तै इङ्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ। आयोजक कतार र इक्वेडर बीचको खेल प्रतियोगिताको तेस्रो खेलको रूपमा हुने तालिका थियो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रशासनिक शाखाले कतारको खेल सार्ने प्रस्ताव पेस गरेको छ। दक्षिण अमेरिकी कन्फेडेरेसन (कोनमेबोल) को अनुरोधमा फिफाले कतार र प्रतिद्वन्द्वी इक्वेडरसँग छलफल गरेको थियो। यो खेल परम्परागत रूपमा उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साबिक विजेताको खेल राख्ने प्रचलनसँग मेल पनि खान्छ।

‘दुई देशबीच छलफल र समझदारी हुनुपर्दछ। दक्षिण अमेरिकी कन्फेडेरेसन (कोनमेबोल) ले उद्घाटन खेलमा आयोजकसमक्ष अगाडि खेल गर्न आग्रह गर्नेछ,’ स्रोतले आधिकारिकता निश्चित हुन बाँकी रहेको बताउँदै भनेको छ, ‘यो निर्णय भए परम्परागत रूपमा उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साबिक विजेताको खेल राख्ने प्रचलनसँग मेल पनि खानेछ।’

तर, खेलतालिका स्वीकृतिका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन हुनुपर्छ। जसका लागि भोटिङ हुनेछ। भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित विभिन्न महादेशका अध्यक्षले मतदान गर्न पाउनेछन्। आयोजक देशले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने मौका अनुसार उक्त तालिका हेरफेर गर्न प्रस्ताव अगाडि सारिएको हो।

यता सय दिन गणना सुरुआत भएसँगै विश्वकप आयोजना सम्बन्धमा जोडिएका संस्थाहरूले परिवर्तन भएको तालिकामा पनि काम स्वच्छ तरिकाले अगाडि बढ्ने प्रतिक्रिया जनाएका छन्। उनीहरूले काम गर्न कुने कठिनाइ नहुने पनि स्पष्ट पारेका हुन्।

‘परिवर्तन भएको तालिकामा काम गर्न सामान्य गृहकार्य हामीले गर्नुपर्छ। तर पनि हामी तयार छौं,’ बसोबास प्रबन्धका फिफासँग सम्झौता गरेका अध्यक्ष जामी बाइरोमले भने, ‘कुनै ठूलो समस्या हो जस्तो लाग्दैन। यसअघि भोगेका समस्याको तुलनामा यो सामान्य र तत्कालै सुधार गर्नुपर्ने समस्या अन्तर्गतको सामान्य काम हो।’

उद्घाटन खेल ६० हजार दर्शक क्षमता भएको बायत स्टेडियममा हुँदै छ। यो रंगशाला यसै संस्करणका लागि बनाइएको सात नयाँ रंगशालामध्येको एउटा रंगशाला हो। यस रंगशाला विश्वकप २०१० पछि निर्माण सुरु गरिएको थियो। उद्घाटन हुने रंगशाला अरबको परम्परागत टेन्ट शैलीमा निर्माण भएको छ।  

प्रकाशित: २६ श्रावण २०७९ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App