६ वैशाख २०८१ बिहीबार
खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ। विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा काँग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो। 

पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैंतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताएका छन्। 

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि यो उपयुक्त समय नभएको बताएका हुन्। संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनैपनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ। 

संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै हुने प्रतियोगितामा प्रदेशमा संघले पनि अपनत्व पाउनुपर्ने, सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनोटबिना नै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समय लिई आवश्यक पूर्व तयारी गरिनुपर्ने माग गरेको छ।

प्रकाशित: २० श्रावण २०७९ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App