३१ श्रावण २०७९ मंगलबार
खेल

महिला फुटबलमा नेपाल एक स्थान तल झर्‍यो

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ।

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो। यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो। दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत छ।

भारत ५८ औँ स्थानमा छ। बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ। विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ। यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ। इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ। नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन्। 

प्रकाशित: २० श्रावण २०७९ १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App