८ वैशाख २०८१ शनिबार
खेल

जेभियर्सलाई एसइई कपको उपाधि

मोरङको बुढीगंगास्थित जेभियर्स इंग्लिस बोर्डिङ स्कुलले एसइई कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलको उपाधि जितेको छ।  

विराटनगरमा भएको प्रतियोगितामा जेभियर्सले विराटनगरको आदर्श माविलाई २–१ गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो। खेलको मध्यान्तरअघि दुवै टोली १–१ गोलको बराबरीमा खेलेका थिए। मध्यान्तरपछि जेभियर्सले थप एक गोल गर्दै टोलीलाई विजयी भयो।  

जेभियर्सका अनुभव थापा र रोजिदजंग थापाले गोल गर्दै टोलीलाई विजयी बनाए भने एक मात्र सान्तवना गोल आदर्शका लागि ज्ञानेन्द्र मगरले गरे। खेलको म्यान अफ द म्याच जेभियर्सका रोजिदजंग थापा भए।  

सभ्य कला समाजले आयोजना गरेको प्रतियोगिताको उत्कृष्ट गोलरक्षक राधाकृष्ण स्कुलका आयुष खड्का, डिफेन्स मोर्डन एराका मनिष राय, मिड फिल्ड र फर्वाड जेभियर्सका रोहन बस्नेत, सर्वाधिक गोलकर्ता आयुस्थम खवास र रोहन बस्नेत, म्यान अफ द सिरिज आदर्शका ज्ञानेन्द्र मगर भए।

खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियालगायतले पुरस्कार वितरण गरे। असार २५ देखि सुरु भएको प्रतियोगितामा सुनसरी र मोरङका २३ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रकाशित: १ श्रावण २०७९ १५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App