१६ चैत्र २०८० शुक्रबार
खेल

माटियोसँग तुलना नगर्न गाल्टियरको आग्रह

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले आफ्नो टोली च्याम्पियन्स लिग जित्न सक्षम रहेको र आफूलाई चेल्सीका पूर्वप्रशिक्षक रोबर्टो माटियोसँग तुलना नगर्न आग्रहसमेत गरेका छन्।

गाल्टियरले पिएसजी आउनुअघि सेन्ट इटिनी, लिले र निसका समेत प्रशिक्षण सम्हालिसकेका छन्। लिग वानमा सधैं हाबी हुँदै लगातार लिग च्याम्पियन बन्दै आएको पिएसजीको च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यले भने अझसम्म पूर्णता पाउन सकेको छैन।

उनले टोली निर्वाद रूपमा २०२२–२३ सिजनको च्याम्पियन्स लिगको दाबेदार टोली रहेको समेत दाबी गरेका छन्। यसअघि चेल्सीले पनि चर्चित प्रशिक्षक लुइस फिलिपे, स्कोलारी, कार्लो एन्सेलोट्टी, जोजे माउरिन्हो र गस हेन्डिकको प्रशिक्षणमा खेले पनि च्याम्पिन्स लिग जितेको थिए।

सन् २०११–१२ सिजन आन्तरिम प्रशिक्षकको रूपमा आएका डी माटियोको प्रशिक्षणमा चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो। एन्सेलोट्टी, लोन्रेन्ट ब्लान्स, युनेई इमिरे, थोमस टुचेल र माउरिसियो पोचेटिन्होको प्रशिक्षणमा खेलिसकेको पिएसजीले च्याम्पियन्स लिगको उपाधि सपना साकार पार्न सकेको छैन।

उनले आफूभन्दा अघिका प्रशिक्षकको प्रशिक्षणमा पिएसजीले कस्तो प्रदर्शन गर्‍यो भनेर तुलना गर्नुभन्दा आफ्नो प्रशिक्षणमा टोलीले कस्तो नतिजा ल्याउँछ भन्नेमा केन्द्रित रहेको बताए। ‘चेल्सीलाई कसले पहिलोपटक च्याम्यिन्स लिगको उपाधि जितायो भन्ने तपाईंलाई थाहा छ?,’गाल्टियरले प्रश्न गर्दै भने, ‘मलाई उनीसँग तुलना गर्नुपर्ने कारण चाहिँ के हो?’

उनले आफू महत्त्वाकांक्षी प्रशिक्षक रहेको पनि उल्लेख गरेका छन्। ‘म महत्त्वाकांक्षी प्रशिक्षक हुँ,’उनले भने,‘म पिएसजीमा उपाधि जित्न आएको हुँ। पहिले त हामीले लिगसहित तीन घरेलु प्रतियोगिता जित्नुपर्छ र च्याम्पिन्स लिग पनि। टोलीमा केलियन एमबाप्पे, लियोनल मेसी र नेयमारजस्ता खेलाडी छन्। जुन हाम्रो लक्ष्य प्राप्तिका लागि महत्त्वपूर्ण पक्ष हो।’ लिग वान च्याम्पियन पिएसजी प्रिसिजनका लागि जापान भ्रमणमा जाँदै छ। जहाँ पिएसजीले कावासाकी फ्रोन्टेल, उर्वा रेड्स र गाम्बा ओसाकाविरुद्ध खेल्नेछ।

प्रकाशित: १ श्रावण २०७९ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App