coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अमेरिकामा फुटबलको स्तर माथि छ: बेल

वेल्सका कप्तान ग्यारेथ बेलले मेजर लिग सकर (एमएसएल) मा खेल्नु २०२४ को युरोपियन च्याम्पियनसिप र २०२६ को विश्वकप फुटबलका लागि उत्कृष्ट अवसर हुने बताएका छन्।

लामो समय स्पेनिस क्लब रियाल मड्रिड र इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामका खेलेका बेल एमएसएलका लागि सोमबार सार्वजनिक भएपछि उनले उक्त प्रतिक्रिया दिएका हुन्। लस एञ्जल्स फुटबल क्लबमा अनुबन्धित स्टार विंगर बेलले लामो बसाइँको अपेक्षा राख्दै क्लबसँग सम्झौता गरेको बताए। ‘क्लबमा लामो समय बिताउने सोचका साथ अनुबन्धित भएको हुँ। म यहाँ ११/१२ महिनाका लागि अनुबन्ध भएको होइन,’२०२३ सम्मका लागि सम्झौता गरेका बेलले भने, ‘यहाँ म केही अनुभव बटुल्न आएको छु। यहाँको बसाइँलाई सम्भव भएसम्म धेरैभन्दा धेरै लामो बनाउन चाहन्छु।’

पाँच पटकका युइएफए च्याम्पिन्स लिग विजेता बेलले आफ्नो एमएसएल यात्रा कुनै योजनवद्ध नभइ आकस्मिक रूपमा लिएको निर्णय समेत रहेको उल्लेख गरे।

सन्यासको विकल्पका रूपमा आफूले यस्तो कदम चालेको उनले बताए। ‘मेरो स्थानबाट सक्ने जति राम्रो गर्छु। मेरो यात्रा एमएसएलमा हुँदा म सबैको नजरमा पर्न चाहन्छु र उतिकै टोलीलाई पनि योगदान गर्ने लक्ष्य छ,’वेल्सका लागि सर्वाधिक ३९ गोल गरेका बेलले भने, ‘मैले भविष्य हेरेर कदम चालिरहेको छु। तत्कालका लागि यो निर्णयभन्दा पनि दीर्घकालिन योजना हो।’

शनिबार ३३औं वसन्तमा पाइला टेकेका बेलले वेल्सबाट खेल्नका लागि एमएसलएल उत्कृष्ट बाटो भएको दाबी गरेका हुन्। उनको टोली वेल्सले ६४ वर्षपछि पहिलोपटक कतारमा आयोजना हुन लागेको विश्वकप फुटबलमा प्रतिस्पर्धा गर्दै छ। वेल्सले बेल्जियमसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

उनै बेलले २०२४ को युरोर २०२६ विश्वकप खेल्न चाहेका छन्। २०२६ को विश्वकप पहिलोपटक तीन देशमा आयोजना हुँदै छ। अमेरिका, मेक्सिको र क्यानडा त्यो विश्वकपको आयोजक राष्ट्र हुन्।

‘एमएसएलले उत्कृष्ट लयलाई निरन्तरता दिन मौका पनि दिनेछ। यसैबाट २०२६ को विश्वकप खेल्ने सम्भावना पनि देखेको छु,’ बेलले थपे, ‘हामी ठूलो योजनाका साथ काम गरिरहेका छौं। जुन योजनाअन्तर्गत मेरो व्यक्तिगत प्रदर्शनलाई पनि केन्द्रमा राखिएको छ।

सोही योजनाले युरोर विश्वकपमा मैले खेल्ने सम्भावना पनि छ।’ एमएसएल युरोपियन मान्यताभन्दा कमी नभएको भन्दै उनले आफू आबद्ध लिगको पनि प्रशंसा गरे। ‘पछिल्लो समय एमएसएलको स्तर पनि बढिरहेको छ। युरोपका आम मानिसले सोचेभन्दा धेरै माथि उठेको मैले बुझेको छु। युरोपका समर्थकले सोचे जस्तो यहाँको लिग छैन,’ बेलले थपे।

रियाल मड्रिडमा ९ वर्ष बिताउने क्रममा उनले टोलीका लागि १९ उपाधि उचाल्न अहम् भूमिका खेलेका छन्। सोही अपेक्षा उनी अनुबन्धित लस एञ्जल्स फुटबल क्लबले पनि राखेको छ। ‘पहिलो दिनको अभ्यास मेरो लागि अविस्मरणीय रह्यो।

पहिलो प्रभाव नै राम्रो रह्यो। लामो यात्रामा पुग्ने विश्वास लिएको छु,’बेलले थपे। पछिल्लो समय अमेरिकाको फुटबल विकासका लागि स्टार खेलाडी अनुबन्ध हुँदै आएका छन्। इङ्ल्यान्डका डेभिड बेकह्यामसँगै पेले र बेलले पनि सोही चाहेका हुन्। यसअघि म्यानचेस्टर युनाइटेडका वाइनी रोनी डिसी युनाइटेड पनि जोडिएका थिए।  

प्रकाशित: २९ असार २०७९ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App