१६ चैत्र २०८० शुक्रबार
खेल

नवौंको कार्यकारी समितिले पायो पूर्णता

नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ।

कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरूलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे।

मनोनित हुनेमा सदस्यहरूमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराई, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद विकास विभागका प्रमुख वज्रबहादुर केसी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगमसिंह थापा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा छन्।

कार्यकारी समितिको सदस्य सचिवको जिम्मेवारी प्रचारप्रसार शाखाका प्रमुख फणिन्द्र पौड्यालले पाएका छन्। पौड्यालले नवौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुखको जिम्मेवारी समेत पाएका छन्।

मनोनयनपत्र हस्तान्तरणपछि बसेको बैठकमा सदस्य सचिव घिसिङले मनोनित हुने पदाधिकारीलाई राष्ट्रिय पर्वका रूपमा रहेको बृहत खेलुकदलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न एकजुट भएर अगाडि बढ्न निर्देशन दिँदै पाएको जिम्मवेरीलाई पूरा गर्न सबै कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २७ असार २०७९ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App