८ वैशाख २०८१ शनिबार
खेल

सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन: प्रवीन र रोजी भए च्याम्पियन

सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रवीन लिङ्थेप र रोजी पाण्डेले जितेका छन्।

विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिता अन्तरगत मेन्स सिंग्लसतर्फ संखुवासभाका प्रवीन लिङ्थेपले भोजपुरका सत्यम सुब्बालाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै उपाधि जिते। मेन्स डबलतर्फ संखुवासभाका निश्चल खत्री र प्रवीन लिङ्थेपको जोडीले भोजपुरका सत्यम सुब्बा र विशाल तामाङको जोडीलाई २४–२२ र २१–११ को सोझो सेटमा हराउँदै उपाधि जिते।

त्यस्तै, उमेन्स सिंगल्सतर्फ विराटनगर ब्याडमिन्ट क्बलकी रोजी पाण्डेले विर्तामोडकी अन्जना राईलाई २१–१३ र २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितन्। यसैगरी, मास्टर ५५ वर्षमाथि डबल्सतर्फ खोटाङका दीपक राई र भोजराज रखालको जोडीले इटहरी ब्याडमिन्टन क्लबका मणिराज गुरुङ र तुलसी सुवेदीको जोडीलाई २१–१४ र २१–१६ को सोझो सेटले पराजित गरी उपाधि जितेको हो।

मास्टर ४५ वर्षमाथि डबल्सतर्फ बेलबारी ब्याडमिन्टन क्लबका दीपक आङ्देम्बे र विकाश श्रेष्ठको जोडीले ललितपुरको सुमन महर्जन र सुनिलमान शाक्यलाई २१–११ र २१–११ को सोझो सेटमा हराउँदै उपाधि जितेका हुन्। प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गरी १ सय ५०  जना पुरुष र महिला खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगितको मेन्स सिंग्लसको प्रथमले नगद २० हजार, द्वितीयले ११ हजार र तृतीयले ५ हजार, मेन्स डबल्सको प्रथमले नगद २० हजार, द्वितीयले ११ हजार र तृतीयले ५ हजार, उमेन्स सिंग्लसतर्फ प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार, मास्टर ४५ वर्षमाथिको प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार तथा मास्टर ५५ वर्षमाथिको प्रथमले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार रुपैयाँका साथै ट्रफी र मेडल प्राप्त गरे।

प्रकाशित: ११ असार २०७९ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App