१६ चैत्र २०८० शुक्रबार
खेल

घिमिरे महानगर स्क्वास च्याम्पियन

खेलाडीलाई पुरस्कार प्रदान गर्दै प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री किरण गुरुङ।

पोखरा रंगशालामा आयोजित स्क्वास प्रतियोगितामा सन्तोष घिमिरे च्याम्पियन बनेका छन्। उनले शनिबार पोखरा रंगशाला स्क्वास हलमा आयोजित फाइनल प्रतिस्पर्धामा घिमिरेले रबिन्द्र बाटाजूलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन्।  

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा स्क्वास र्याकेट एशोसियसनको सहयोगमा आयोजित प्रतियोगिताको फाइनलमा घिमिरेले बाटाजूलाई ११–३, ११–४ र तेस्रो सेट ११–७ मा पराजित गर्दै च्याम्पियन बनेका हुन्।  

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री किरण गुरुङले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए। ओलम्पिक दिवसको अवसरमा आयोजित प्रतियोगितामा ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।  

पोखरा रंगशालाभित्र स्क्वासको हल बनाउन तत्कालीन अर्थमन्त्री गुरुङले आर्थिक सहयोग जुटाएका थिए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै स्क्वास संघ कास्कीले थप दुई वटा कोर्ट निर्माणको तयारी गरेको छ।  

प्रकाशित: ११ असार २०७९ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App