७ वैशाख २०८१ शुक्रबार
खेल

प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि

शुक्रबारदेखि पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ। कास्की जिल्ला ब्याडमिन्टन संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दैे प्रतियोगिताको आयोजनाको तयारी गरेको हो।  

चार विधामा प्रतिस्पर्धा हुने छ। प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले बताए।

प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ। प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा ट्रफी, पदक र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०–१० हजार रुपैयाँको साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै महिला एकलतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०–१० हजार रुपैयाँको साथमा ट्रफी, पदक र  प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ।

ब्याडमिन्ट संघले राखेपको सहलगानीमा पोखरा रंगशालमा अन्तर्राष्ट्रिय स्तरको कभर्ड हलको निमार्ण गरेको छ। पोखरामा रहेको कभर्ड हल नेपालकै उदाहरणीय रहेको संघले जनाएको छ। प्रतियोगिताले खेलाडीहरुलाई शारीरिक र मानसिक रुपमा चुस्त राख्न र खेलाडीहरुको अनुशासन कायम गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको उनले सुनाए। प्रतियोगिता १० र ११ गते पोखरा रंगशाला स्थित ब्याटमिण्टन हलमा हुनेछ।  

प्रकाशित: ९ असार २०७९ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App