८ वैशाख २०८१ शनिबार
खेल

ग्रेट हिमालयन सेमिफाइनलमा

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनल प्रवेश गरेको छ।

जिएचसिए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ। सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। जिएचसिएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) लाई हराएको थियो।

मूलपानी क्रिकेट मैदानमा जिएचसिएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो। एन्जल्सले ११.१ ओभरमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा गर्‍यो। एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए। बलिङतर्फ ‘म्यान अफ दी म्याच’ जिएचसिएका साइमन रोयले ४ ओभरमा १ मेडन फाल्दै १.७५ को औसतमा मात्र ७ रन दिए। अजय यादवले ३ तथा रूपेश यादवले २ विकेट हात पारे।

जबाफमा जिएचसिएले ५ ओभरमा बिनाविकेट क्षति लक्ष्य पूरा गर्‍यो। जिएचसिएका अली अकबर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे।

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसिएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो। जिएचसिएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो।

पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन जोड्यो। कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुले। जिएचसिएका परीक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४/४ विकेट लिए। ‘म्यान अफ दी म्याच’ परीक्षितले ३ ओभरमा १.७० औसतमा ५ रन दिए।

जिएचसिएले १२.१ ओभरमा ४ विकेट गुमाउँदै ४६ रनको लक्ष्य पूरा गर्‍यो। जिएचसिएका अनुभव खनालले १७ बलमा ११ रन जोडे। कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे।

प्रकाशित: ९ असार २०७९ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App