८ वैशाख २०८१ शनिबार
खेल

नेपाल टिम च्याम्पियन

दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ। राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो। कुमुतेतर्फ उमेरसमूहबाट वर्षा केसी, झरना केसी, एन्जिला राई, शर्मिला वाइबा, सुरोज राजवाहक, साहिल घलेले स्वर्ण पदक जिते।

यस्तै ४५ केजी तौलसमूहमा पुष्पा लामा, ५० केजीमा वर्षा बुढामगर, ६८ केजीमा एरिका गुरुङ, ५५ केजीमा साजन बल र ६० केजीमा सन्तोष श्रेष्ठले स्वर्ण पदक जितेका छन्। काता विधामा सुरेन्द्र तामाङले स्वर्ण पदक जितेका छन्। यस्तै कुमुतेतर्फ उमेरसमूहमा रूपक श्रेष्ठ र ५० केजी तौलसमूहमा सम्मन श्रेष्ठले रजत पदक जितेका छन्।

यसैगरी ६७ केजी तौलसमूहमा सुरेन्द्र तामाङ र ८४ केजी तौलसमूहमा सञ्जय महर्जनले कांस्य पदक जितेका छन्। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका खेलाडीले भाग लिएका थिए भने नेपालबाट ७ महिला र ९ पुरुषसहित जम्मा १६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको टिम व्यवस्थापक तथा बादोकाइ कराते डो संघ नेपालका उपाध्यक्ष सञ्जय महर्जनले बताए।

उक्त प्रतियोगितामा प्रशिक्षकमा विकास राजवाहक, अफिसियल र व्यवस्थापनमा पुरुसोतम महर्जन, राजेन्द्र कर्माचर्य तथा नवीन महर्जन र गोविन्द श्रेष्ठले रेफ्रीको भूमिका निभाएका थिए।

प्रकाशित: ९ असार २०७९ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App