१५ चैत्र २०८० बिहीबार
खेल

एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी

अध्यक्ष नेम्बाङबाट बधाई ग्रहण गर्दै महासचिव राई (दायाँ) ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्रमान जोशी नियुक्त भएका छन्।

बुधबार बसेको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको हो। यसअघि एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज नेम्बाङले कार्यभार ग्रहण गरेका थिए। नेम्बाङ सोमबार सम्पन्न २१ औं साधरणसभाबाट तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका थिए।

राई पछिल्लो कार्यसमितिमा प्रवक्ता थिए। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्बाङबीचको विवाद चर्किएसँगै राईले पदबाट राजीनामा दिएका थिए।

त्यस्तै जोशी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए। एन्फाको पहिलो कार्यसमितिको बैठकले राष्ट्रिय फुटबल टोलीका १० खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागी गराउने निर्णय गरेको छ। प्रशिक्षकको हकमा कतार फुटबल संघसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।

प्रकाशित: ९ असार २०७९ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App