७ वैशाख २०८१ शुक्रबार
खेल

रग्बीमा बंगलादेशसँग पराजित

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी शृंखलाअन्तर्गतको पहिलो खेलमा मंगलबार नेपाली राष्ट्रिय पुरुष रग्बी टोली बंगलादेशसँग २०–० ले पराजित भएको छ।

बंगलादेशको राजधानी ढाकामा भएको प्रतियोगितामा कृष्ण क्षेत्रीको कप्तानीमा मैदान उत्रिएको नेपालमाथि बंगलादेश खेलको सुरआतबाटै हाबी देखिएको थियो। बंगलादेशले पहिलो र दोस्रो हाफमा समान १०–१० स्कोर गरेको थियो। पहिलो खेलमा बंगलादेशलाई नतिजा सुम्पिएपछि नेपालका कप्तान क्षेत्रीले रेफ्रीको गलत निर्णय र फरक मौसमका कारण खेल हार्न पुगेको प्रतिक्रिया दिए।

‘ढाकाको गर्मीका कारण खेलमा असर पर्‍यो,’ उनले भने, ‘रेफ्रीको गलत निर्णयका कारण पहिलो हाफमा नै खेलाडीहरू दबाबमा परे। त्यसैले सोचेजस्तो परिणाम आएन।’ बंगलादेशको तर्फबाट खेलअवधिभर कुल चार ट्राइ भएको थियो। जसमा नदिम मेहमुदले दुई तथा सोहेल राना र अनवर जमानले एकएक ट्राइ गरेका थिए।

नेपालले चार वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो। यसअघि नेपालले सन् २०१८ मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाएको थियो। बंगलादेशविरुद्धको खेलबाट पुजन फेवाली, रामकृष्ण चौधरी र शेरबहादुर ओलीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्।

पुजनले सुरुआती सेटबाट र चौधरीले कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए। यो शृंखलाअन्तर्गत नेपालले दुईवटा रग्बी सेभेन र एउटा रग्बी १५ मा प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रकाशित: ८ असार २०७९ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App