५ वैशाख २०८१ बुधबार
खेल

स्किब्स कप बास्केटबल शुक्रबारदेखि

स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। प्रतियोगितामा सिनियर/जुनियर ब्वाइज, गल्र्स र स्टाफमा गरी जम्मा ५२ टोलीको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरूण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा एन्जल्स हर्ट र गल्र्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन्। स्टाफको विधा पहिलो पटक समावेश गरिएको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका छन्।

यो स्पर्धाका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउनेछन्। बाँकीमा नगद पुरस्कार राखिएको छैन। पत्रकार सम्मेलनमा स्किब्सका इसिए को-ओर्डिनेटर सागर शर्मा, एकेडेमिक को-ओर्डिनेटर आदर्श राईले प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए। तीनदिने प्रतियोगिताका खेल वसुन्धारास्थित आफ्नै कोर्टमा हुनेछन्।

प्रकाशित: १ असार २०७९ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App