६ वैशाख २०८१ बिहीबार
खेल

स्वस्तिश्रीमा खेलकुद

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा स्वस्तिश्री गुरुकुल विद्यालयमा सोमबारबाट खेलकुद कार्यक्रम उद्घाटन गरिएको छ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका संयोजक विष्णुगोपाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे। सो खेलकुद कार्यक्रम १० दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा बोल्दै श्रेष्ठले स्वास्थ्यका लागि खेलकुद अत्यावश्यक भएको बताए।

विद्यालय परिसरमै असार आठ गतेसम्म सञ्चालन हुने कार्यक्रममा फुटबल, बास्केटबल, टेबल टेनिस, स्विमिङ, स्केटिङ, तेक्वान्दो र करातेलगायतका खेल समावेश गरिएको प्रतियोगिता संयोजक राकेशकुमार राईले जनाए। कार्यक्रममा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मीना महर्जन र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको उपस्थिति थियो।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App