coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘ज्याप क्रिकेट’ द्वारा ६ क्रिकेटरलाई प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले एक वर्षका लागि प्रायोजन गर्ने भएको छ।

राधानीमा बुधबार आयोजित एक कार्यक्रममा ज्यापका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) भव्य भारद्वोज र ६ क्रिकेटरहरूले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताबापत भारतीय कम्पनीले राष्ट्रिय टोलीका ६ क्रिकेटरलाई एक वर्षका लागि क्रिकेट किट प्रायोजन गर्नेछ।

तथा खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन। क्रिकेट किट प्राप्त गर्नेमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेसहित विनोद भण्डारी, सुनील धमला, देव खनाल, भीम सार्की र आदिल आलम छन्। विश्व क्रिकेट लिगका लागि अमेरिका भ्रमण गर्न लागेको टोलीका केही सदस्यलाई बुधबार ज्यापले ब्याट र क्रिकेट किट प्रदान गरेको हो।

क्रिकेट प्रदान गरिसकेपछि भव्य भारद्वोजले अन्य खेलाडीलाई पनि यस्तो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ज्यापका मालिकले महिला क्रिकेटरलाई पनि सहयोग गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए। यसअघि ज्यापले नेपाली महिला खेलाडी सबनम राईलाई प्रायोजन गरिसकेको छ।

पूर्वक्रिकेटर तथा ज्याप नेपालका प्रतिनिधि लाक्पा लामाले क्रिकेटरलाई सामग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले प्रायोजन गरेको बताए। ‘नेपाली क्रिकेटसँग यात्रा सुरुआत गर्न पाउँदा उत्साहित छु। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्राप्त गरेको सफलता नेपालका लागि उत्साहजनक छ,’ ज्यापका सिइओ भारद्वोजले भने, ‘क्रिकेटरहरूलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौं। यस्तै सम्झौता महिला क्रिकेटमा पनि गर्न चाहन्छौं।’

प्रकाशित: १२ जेष्ठ २०७९ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App