coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

उमेर समूहका छनोट तालिका सार्वजनिक

बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट र उज्बेकिस्तानमा हुने यु–२० एसियन कप छनोटको तालिका मंगलबार सार्वजनिक भएका छन्।  

एसियाली फुटबल महासंघ (एएफसी) ले दुई उमेर समूहका प्रतियोगिताका लागि मंगलबार तालिका सार्वजनिक गरेको हो। एएफसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार यु–१७ प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा परेको छ भने यु–२० को प्रतियोगितामा नेपाल समूह ‘बी’ मा अटाएको छ। यु–१७ प्रतियोगिताअन्तर्गत चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन्। एएफसीले जारी गरेको तालिकाअनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका छ।

एएफसीले छनोट खेल्न लागेका एसियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलबार तालिका सार्वजनिक गरेको हो। जसअन्तर्गत प्रत्येक समूहका विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछन्। यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ। एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। १०  समूहअन्तर्गत समूह ‘डी’ सम्म पाँच टोली रहेका छन्।

यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ। एसियाली पावर हाउस समूह ‘ए’ मा अटाएको छ भने छिमेकी भारत समूह ‘डी’ मा समावेश छ। सँगै अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि समूह ‘डी’ मा नै रहेको छ। यस्तै भुटान र बंगलादेश समूह ‘ई’ मा छन् भने श्रीलंका समूह ‘जे’ मा समावेश छ।

यस्तै मंगलबार नै सार्वजनिक भएको एएफसी यु–२० एसियन कप छनोटमा भने नेपाल समूह ‘बी’ मा समावेश भएको छ। नेपाल रहेको समूहमा कतार, आयोजक बहराइन, भुटान र बंगालादेश छन्।

समूहचरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ। समूहविजेताले २०२३ मा उज्बेकिस्तानमा आयोजना हुने यु–२० एसियन कपमा स्थान बनाउनेछन्। यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कपमा मौका पाउनेछन्। एएफसी यु– २० एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ११ जेष्ठ २०७९ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App