७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज

युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला टिम लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।

आज भएको तेस्रो खेलमा ६ विकेटले पराजित भएसँगै नेपालले सिरिज समेत गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको १०० रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रन जोडेको थियो। यसअघि युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग एक विकेटले पराजित भएको थियो।

प्रकाशित: ५ जेष्ठ २०७९ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App