८ वैशाख २०८१ शनिबार
खेल

जितबाट सिटीको उपाधि सम्भावना बलियो

न्युक्यासल विरुद्ध हेड गोल गर्दै सिटीका रहिम स्टर्लिङ (दायाँ) तस्बिरः एपी

म्यानचेस्टर सिटीले आइतबार न्युक्याल युनाइटेडमाथि ५–० को फराकिलो जितसहित इङ्लिस प्रियिमर लिगको उपाधि रक्षा सम्भावना बलियो पारेको छ।

लिभरपुलले शनिबार टोटनह्यामसँग १–१ को बराबरी खेले पनि सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको थियो। टोटनह्यामसँग अंक बाँडेपछि लिभरपुल र सिटीको समान ८३ अंक रहेको थियो। तर न्युक्यासलमाथिको सहज जितपछि सिटीले शीर्ष स्थानमा उक्लिँदै ३ अंकको अग्रता लिएको हो।

एकै सिजन ४ उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा रहेको लिभरपुलले मंगलबार एस्टन भिल्लाको सामना गर्नेछ भने सिटीले बुधबार उल्भरह्याम्टनको भ्रमण गर्नेछ।

न्युक्यासलमाथिको जितपछि सिटीले च्याम्पियन्स लिगको पीडादायी बर्हिगमनमा समेत मलम लगाएको छ। रियाल मड्रिडविरुद्ध सेमिफाइनल पहिलो खेलमा ४–३ को जित निकालेको सिटीले दोस्रो लेगमा अन्तिम समय सम्हालिन नसक्दा ३–१ ले निराश भयो। समग्रमा सिटी रियाललाई ६–५ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको थियो। सिटी पछिल्लो ५ सिजनमा चौथो पटक प्रिमियर लिगको उपाधि संघारमा पुगेको हो। सिटीको जितमा रहिम स्टर्लिङले २ गोल गरे भने एमरिक लापोर्ट, रोर्डी र फिल फोडिनले समान १ गोल गरे।

‘घरेलु लिगमा हामीले पछिल्लो ५ सिजनमा आफूलाई प्रमाणित गर्दै आएका छौं,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘कसैले हाम्रो टोलीको क्षमतामाथि प्रश्न गर्छ भने उसले हाम्रो टोलीलाई बुझेकै छैन। यो अहिल सम्म मैले प्रशिक्षण दिएका मध्यकै उत्कृष्ट टोली हो।आजको दिन हाम्रा लागि निकै सुखद रह्यो। तीन अंकको अग्रता लिएका छांै। अब हामीले नौ अंकका लागि खेल्न बाँकी छ। गोलअन्तरमा पनि हामी अघि छौं। बुधबार उल्भरह्याम्टनविरुद्धको खेल हाम्रा लागि अर्को फाइनलसरह हो।’तर जोन स्टोन्स, काइल वाल्कर र रुबेन डायस चोटका कारण सिजनका बाँकी खेलबाट बाहिनु भने सिटीका लागि चिन्ताको विषय बनेको छ।

‘रुबेन, काइल र जोनले चोटका कारण सिजनका अन्तिम खेलहरू गुमाउनेछन्,’ ग्वार्डिओलाले भने। यता आर्सनलले भने रेलिगेसनको दबाबमा रहेको लिड्स युनाइटेडमाथि २–१ को जितसहित शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो पारेको छ।

३५ खेलमा ६६ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ, जुन चौथो स्थानको टोटनह्यामभन्दा ४ अंक बढी हो। आर्र्सनलले बिहीबार टोटनह्यामको भ्रमण गर्नेछ। सो खेलमा जित निकालेमा आर्सनलले सन् २०१६–१७ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको टिकट पक्का गर्नेछ।

प्रकाशित: २७ वैशाख २०७९ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App