६ वैशाख २०८१ बिहीबार
खेल

जिम्बावे 'ए' सँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे जित

जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएकाे छ। जिम्बावे 'ए' ले दिएकाे दुई सय १४ रनकाे लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे।

नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनाेद भण्डारीले नटआउट २८ रन बनाएका थिए। बलिङतर्फ जिम्बावे 'ए' का ब्रान्डन मभुताले तीन विकेट लिएका थिए।

यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावे 'ए' ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयाे। उसका लागि तालिवाेनाशे मरुमानीले ५०, कुदजाई माैनजीले ३९ र राेए कायाले ३६ रन बनाए। बलिङतर्फ नेपालका किशाेर महताेले पाँच विकेट लिए। त्यस्तै साेमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

आजकाे जितसँगै नेपालले तीन खेलकाे एकदिवसीय शृङ्खला दुई–एकले जितेकाे छ। यसअघि तीन खेलकाे टी–२० शृङ्खलामा एक–एककाे बराबरी भएकाे थियाे।

प्रकाशित: २६ वैशाख २०७९ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App