७ वैशाख २०८१ शुक्रबार
खेल

एक दिवसीय क्रिकेटः जिम्बावेसँग नेपाल पराजित

नेपाल पहिलो एक दिवसीय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो। नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा गर्‍यो।

जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक ४८ रनको योगदान दिए। उनी ४८ बलमा चार चौका र एक छक्कासहित ४८ रनमा अविजित रहे। त्यसैगरी चेपाश झुवायाले ३२ रन जोड्दा ब्राड इभान्सले १७ तथा रोय कैयाले १४ रन जोडे।

बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए।

त्यसैगरी करण केसीले २५ रन बनाए भने कुशल भुर्तेल १९ रनमा आउट भए। दिपेन्द्रसिंह ऐरीले १८, आरिफ शेखले पाँच तथा रोहित पौडेलले तीन रन जोडे। जिम्बावे ए का ब्राड इभान्सले सर्वाधिक चार विकेट लिए भने भिक्टर न्याउची, ब्रेन्डन मभुताले र चेपाश झुवाओले समान २/२ विकेट लिए। आइसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको हो। दोस्रो एकदिवसीय अभ्यास खेल शनिबार हुनेछ।

प्रकाशित: २३ वैशाख २०७९ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App