७ वैशाख २०८१ शुक्रबार
खेल

पुलिसका दुवै टोलीको जित

विभागीय टोली नेपाल पुलिस क्लबका महिला तथा पुरुष दुवै टोलीले छैटौं आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार जित निकालेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई र पुरुषतर्फ गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेका हुन्। महिलातर्फको खेलमा पुलिसले एभरेस्टलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेका हुन्।

बुधबार नै भएको महिलातर्फको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्यु डायमन्ड स्पोटर््स क्लबलाई पनि सोझो सेटमा हरायो। आर्मीले नियमित स्पाइकर प्रतिभा मालीबिनाको न्यु डायमन्डमाथि २५–१६, २५–१२, २५–१२ को जित निकालेको हो। जितसँगै नेपाल पुलिसले दुई खेलबाट ६ अंक बनाएको छ भने आर्मीको तीन खेलबाट ६ अंक नै रहेको छ। यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंक र न्यु डायमन्डको १ अंक छ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फको प्रतिस्पर्धामा भने हेल्प नेपालले एपिएफमाथि ३–१ को सेटमा जित निकाल्यो। प्रतिस्पर्धात्मक बनेको खेलमा हेल्प नेपालले एपिएफमाथि २५–२२, २५–१९, २८–३० र २५–२३ को सेटमा जित निकालेको हो। प्रतियोगिताअन्तर्गत बुधबारकै अर्को खेलमा आर्मीले ढोरपाटन स्पोटर््स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको छ। सुरुआतबाट नै हाबी भएर खेलेको आर्मीले ढोरपाटनलाई २५–१३,२५–१७ र २५–१६ को सेटमा हराएको हो। यसअघि आर्मीले एपिएफ, गण्डकी र गल्कोट स्पोटर््स क्लबलाई पराजित गरेको थियो।

चौथो खेलमा पनि स्पष्ट जित निकालेको आर्मीको ४ खेलमा १२ अंक भएको छ। आर्मी शीर्ष स्थानमा छ। पुलिसले गण्डकीलाई पराजित गरेसँगै ९ अंक बनाएको छ। यस्तै हेल्प नेपालको ८ अंक छ भने आर्मीको १२ अंक छ। यस्तै एपिएफको ३ अंक, गण्डकीको ४ हुँदा गलकोट अंकविहीन छ ।

प्रकाशित: २२ वैशाख २०७९ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App