८ वैशाख २०८१ शनिबार
खेल

एनएसजेएफमा पुनः सुवेदी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) पुनः निर्वाचित भएका छन्।

नक्सालस्थित बुधबार काठमाडौंमा सम्पन्न एनएसजेएफको १७औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट सुवेदी पुनः निर्वाचित भएका हुन्। सुवेदीले ५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए। उनको नेतृत्वमा ११ सदस्यीय समिति कार्यसमिति निर्वाचित भएको हो। यो नेतृत्व आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएको छ।

प्रथम उपाध्यक्षमा निरञ्जन अधिकारी, उपाध्यक्षमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अञ्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए। खुला सदस्यमा अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना र निसान राई निर्वाचित भए।

महिला सदस्यमा मुना कार्की निर्वाचित भइन्। अनिलले ६८, निसानले ६५ र कुशलले ५३ मत प्राप्त गरे। सदस्यका अर्का प्रत्यासी सञ्जीव साहले २८ मत पाए। महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी लक्ष्मी जिसीले ३१ मत पाइन्। मञ्चका ९८ सदस्यमध्येबाट ९४ मत खसेको थियो। निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा निर्वाचित समितिका प्रमुख विकास कार्कीले प्रमाणपत्र प्रदान गरे।

अध्यक्षमा निर्वाचित देवेन्द्र सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको तीन वर्षको कार्यकालमा पूरा गर्र्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले एनएसजेएफले नयाँ गति लिने बताए।

प्रकाशित: २२ वैशाख २०७९ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App