१५ चैत्र २०८० बिहीबार
खेल

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

अभ्यासका क्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी। तस्बिरः नागरिक

कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

कतारको दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुने एन्फाले प्रेस विज्ञप्ति जारी गरेर जनाएको हो। नेपालले अफगानिस्तानसँग प्रस्ताव गरेअनुसार मैत्रीपूर्ण खेलका लागि उसले स्वीकार गरेको हो। छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

चीन हुने प्रतियोगिताका लागि कुवेतमा हुने छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन छन्। कठिन समूहमा रहेको नेपाललाई ठूला टोलीसँग छनोट खेल खेल्न निकै चुनौतीपूर्ण रहेको छ। मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोली छनोट हुन सक्दैन भन्दै सार्वजनिक रूपमा बताइसकेका छन् भने खेलाडीले अन्तिम समयसम्म सुखद नतिजाका लागि लड्ने बताएका छन्।

नेपालको समूहका छनोट खेलहरू कुवेतमा आयोजना हुनेछन्। नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो। छनोट प्रतियोगिताका लागि समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जसअन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहका उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्। जसअन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ।

यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ। त्यसअघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन। एसियाका २४ टोलीलाई हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन्।

प्रकाशित: ५ वैशाख २०७९ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App