१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

दीपेश र विजितको जोडी अन्तिम चारमा

एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल तथा नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा शनिबार पुरुष युगलतर्फ दीपेश र विजितको जोडीले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठ र प्रफूल महर्जनको जोडीलाई २१–१६ र २१–१० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्। यो जोडीले फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र भूवन गुरुङको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। विधान र भूवनको जोडीले भने पुलिसका विष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीलाई २१–१५ र २१–१३ ले हराएका थिए।

नेपाल पुलिसका जीवन आचार्य र सुनील जोशीको जोडीले पनि अन्तिम चारमा स्थान बनाए। यस जोडीले बाँकेका इर्फान अन्सारी र धातुका सुदीप सेढाईलाई २१–१५, १७–२१ र २१–१३ ले हराए। आचार्य र जोशीको जोडीले फाइनल प्रवेशका लागि आर्मीका रूकेश महर्जन र सुरोज महर्जनको जोडीविरुद्ध चुनौती दिनेछ। महर्जन जोडीले ललितपुरका ससिन डंगोल र सुमित महर्जनको जोडीलाई २१–१७ र २१–१६ ले स्तब्ध बनाए। पुरुष एकल (राष्ट्रिय वरीयतामा शीर्ष १६ बाहेक) को प्रतिस्पर्धामा आर्मीका दिवश शंकरले आफ्नै विभागका विवेक चौधरीलाई १८–२१, २१–८ र २१–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।

शंकरले सेमिफाइनलमा आर्मीका पविन लिन्थेपको सामना गर्नेछन्। पविनले पनि आफ्नै विभागका आयुश्मान नागरीलाई २१–१२ र २१–१९ ले हराएका थिए। कास्कीका विधान अधिकारीले क्षितीज खनाललाई २१–१९ र २१–१४ ले हराउँदै सेमिफाइनलमा मोरङका भोजबहादुर गुरुङसँगको भेट पक्का गरे। भोजबहादुरले साइनोका सुजन थापामाथि १४–२१, २१–१० र २१–१५ को जित निकाले। महिला एकल (राष्ट्रिय वरीयतामा शीर्ष १२ बाहेक) मा एनआरएनकी सानिया चन्द र प्रेक्षा राईले सेमिफाइनलमा स्थान बनाए।

सानियाले सुनसरी ब्याडमिन्टन एकेडेमीका रोजी राईलाई २१–११, २१–१२ ले र पे्रक्षाले सर्लाहीका निकिता लामालाई २२–२०, १६–२१ र २१–१८ ले हराए। सानिया र प्रेक्षाले सेमिफाइनलमा एकअर्काबीच प्रतिस्पर्धा गर्नेछन्। अर्को सेमिफाइनलमा पाल्पाकी दिया शाक्य र कैलालीकी एलिना सुनारबीच प्रतिस्पर्धा हुनेछ। दियाले कञ्चनपुरकी निलिमा महरालाई १५–२१, २२–२०, २१–१२ ले हराउँदा एलिनाले आर्मीकी प्रियान्सी बमबाट वाकओभर प्राप्त गरेकी थिइन्।

प्रकाशित: ८ फाल्गुन २०७८ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App