७ वैशाख २०८१ शुक्रबार
खेल

अस्ट्रेलियन ओपन फाइनल: नाडालका प्रतिद्वन्द्वी मेदभेदेभ

ड्यानिल मेदभेदेभले अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्टेफानोस सितसिपासलाई हराउँदै स्पेनिस लिजेन्ड राफाइल नाडालसँगको उपाधि भेट पक्का गरेका छन्।

विश्व नम्बर–२ का मेदभेदेभले चौथो वरीयताका सितसिपासलाई ७–६ (७–५), ४–६, ६–४ र ६–१ ले हराउँदै वर्षको पहिलो ग्रान्ड स्लामका लागि नाडालसँगको उपाधि भेट पक्का गरेका हुन्। रसियन स्टार मेदभेदेभ लगातार दोस्रो वर्ष अस्ट्रेलियन ओपनको फाइनलमा पुगे।

३५ वर्षे लिजेन्ड नाडालले पनि शुक्रबार नै अर्को सेमिफाइनलमा सातौं वरीयताका इटालियन स्टार माटियो बेरेट्टिनीविरुद्ध ६–३, ६–२, ३–६ र ६–३ को जित निकालेका थिए। आगामी आइतबार नाडालले पुरुषतर्फ सर्वाधिक २१ ग्रान्ड स्लाम उचाल्ने लक्ष्य राख्दा मेदभेदेभको चुनौती पार गर्नुपर्नेछ।

विश्व टेनिसका तीन स्वर्णिम पुस्ता नाडालसहित नोभाक जोकोभिच र रोजर फेडेररले पुरुषतर्पm सर्वाधिक २० ग्रान्ड स्लाम जितेका छन्। यस पटक जोकोभिच र फेडेररको अनुपस्थितिमा नाडाललाई शीर्ष स्थानमा पुग्ने अवसर छ। जोकोभिचलाई अस्ट्रेलियाले डिपोर्ट गरेको थियो भने फेडेररले चोटका कारण खेल गुमाए। त्यसैले नाडाललाई सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बन्ने अवसर छ। ६ पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगे पनि नाडालले सन् २००९ मा मात्र उपाधि जितेका छन्।  

मेलबर्नमा दोस्रो उपाधि जित्न आइतबार नाडालले रसियन प्रतिद्वन्द्वी मेदभेदेभलाई हराउनुपर्नेछ। ग्रिस स्टार सितसिपाससँगको खेलका क्रममा मेदभेदेभ अम्पायरसँग विवादमा उत्रिएका थिए। सितसिपासका पितासमेत रहेका प्रशिक्षक एपोस्तोलस पनि अम्पायरसँग असन्तुष्ट देखिए। गत वर्ष पनि अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका मेदभेदेभ लगातार दोस्रो उपाधिको लक्ष्यमा छन्। गत वर्षको अन्तिममा मेदभेदेभले युएस ओपनको फाइनलमा जोकोभिचलाई हराउँदै उपाधि जितेका थिए।

उनले त्यो उपाधि जित्दै जोकोभिचलाई वर्षको सबै ग्रान्ड स्लाम जित्नबाट रोके। मेदभेदेभले पनि नाडाललाई कीर्तिमान बनाउनबाट रोक्न सक्नेछन्। ‘म अब महान् खेलाडीविरुद्ध खेल्दै छु, जो २१औं ग्रान्ड स्लाम उपाधिका लागि खेल्दैछन्,’ मेदभेदेभले भने, ‘उनी (नाडाल) धेरै बलिया खेलाडी हुन्। उनीविरुद्ध जित निकाल्न मैले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। तथापि, म तयार छु।’ नाडालले भने करियरको २१औं उपाधिभन्दा पनि अस्ट्रेलियन ओपन जित्नु नै महŒवपूर्ण पक्ष रहेको बताए।

‘अन्य तथ्यांकभन्दा पनि मेरा लागि यस प्रतियोगिता महŒवपूर्ण छ। फेरि, एक पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुग्नु महत्वपूर्ण हो,’ नाडालले भने, ‘अर्को उपाधिका लागि संघर्ष गर्नेछु। तर, पनि मेरा लागि टेनिसमा अर्को इतिहास बनाउने महत्वपूर्ण पक्ष होइन।’ नाडालले वर्षको पहिलो ग्रान्ड स्लाममा आफूलाई भिन्न तवरले प्रस्तुत गरेका छन्।

किनकि उनले सन् २०२१ को अगस्टमा चोटबाट फर्किएर यहाँसम्मको यात्रा तय गरेका छन्। त्यसपछि नाडाल डिसेम्बरमा कोभिडको संक्रमणमा परे, जहाँ उनी अस्वस्थ पनि भएका थिए। गत वर्ष विम्बल्डनका फाइनलिस्ट बेरेट्टिनीलाई सेमिफाइनलमा स्तब्ध बनाउँदै नाडालले सिजनको पहिलो उपाधि जित्ने यात्रा कायमै राखे।

प्रकाशित: १५ माघ २०७८ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App