coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ताप्लेजुङमा माघ १५ देखि जिल्ला लिग फुटबल हुने

ताप्लेजुङमा माघ १५ देखि २३ गतेसम्म जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा हुने फुटबल प्रतियोगितामा ताप्लेजुङमा रहेका १४ वटा फुटबल क्लवबीच समूह ‘ए’मा ७ र समूह ‘बी’मा ७ टिमबीच प्रतियोगिता हुनेगरी जिल्ला फुटबल संघले कार्यतालिका सार्वजनिक गरेको छ।

समूह ‘ए’मा प्रगतिशील युवा क्लब, चाँगे माछापोखरी हिटी क्लब, सृजनशील सामाजिक युवा समाज, बिसीएस मेमोरियल क्लब, लालीमा क्लब, जलजले क्लब र मानाभरा स्पोर्टिङ युथ क्लब रहेका छन्। यस्तै समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लब, कञ्चनजंघा फुङ्लिङ क्लब, मिशन युनाइटेड क्लब, नवप्रयास युवा क्लब, संघर्ष स्पोर्टिङ क्लब, बीरेन्द्र युवा क्लब र पाथीभरा युवा क्लब रहेको जिल्ला फुटबल संघले प्रकाशन गरेको कार्यतालिकामा उल्लेख गरिएको छ। दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने भएका छन्।

माघ २२ गते हुने पहिलो सेमीफाइनल खेलमा समूह ‘ए’को बिजेता र समूह ‘बी’को उपबिजेता तथा दोस्रो सेमिफाइनलमा समूह ‘बी’को बिजेता र समूह ‘ए’को उपबिजेताबीच फाइनल यात्राका लागि खेल हुने भएको छ। माघ २३ गते पहिलो सेमिफाइनल बिजेता र दोस्रो सेमिफाइनल बिजेताबीच फाइनल खेल हुने भएको छ। सबै खेलहरु सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा सञ्चालन हुने कार्यतालिका जिल्ला फुटबल संघले सार्वजनिक गरेको छ।

प्रकाशित: १३ माघ २०७८ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App