coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गुरागाईंले पूरा गरे प्रशिक्षक कोर्स

नेपाली तेक्वान्दो टोलीका पूर्वसदस्य उज्ज्वल गुरागाईंले डब्लुटी प्रशिक्षक कोर्स (लेभल वान) पूरा गरेका छन्। उज्ज्वलले विश्व तेक्वान्दो (डब्लुटी) ले आयोजना गरेको लेभल वान प्रशिक्षक कोर्स पूरा गरेका हुन्। यसअघि राष्ट्रिय टोलीमा रहेका उज्ज्वलले नेपालमा स्तरीय खेलाडी उत्पादन गर्न सघाउ पु¥याउने उद्देश्यले प्रशिक्षण कोर्स गरेको बताए।

तेक्वान्दो प्रशिक्षणमा लाग्ने उद्देश्यले आफूले प्रशिक्षक कोर्स गरेको उनको भनाइ छ। उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडीसमेत हुन्। तेस्रो डान प्राप्त खेलाडी उज्ज्वलले केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जितेका छन्।

उनले गोल्ड कोस्ट ओपन र ब्रिसबेनमा ओपनमा स्वर्ण पदक र थाइल्यान्ड ओपनमा कांस्य पदक जितेका थिए। हामबदाङ च्याम्पियनसिपका रजत विजेता उज्ज्वलले कोरियन एम्बेसडर जुनियर च्याम्पियन स्वर्ण पदक जितेका थिए।

प्रकाशित: १३ माघ २०७८ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App