४ वैशाख २०८१ मंगलबार
खेल

भक्तपुर कप स्थगित

भक्तपुरमा माघ १४ गतेदेखि हुने भनिएको भक्तपुर कप फुटवल प्रतियोगिता स्थगित गरिएको छ। आयोजक युवा टिम गोल्मढी भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता स्थगित गरेको जनाएको छ।  

पत्रकार सम्मेलनमा टिमका अध्यक्ष केशव त्वानाबासुले कोरोना भाइरसका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राखी प्रतियोगिता हाललाई स्थगित गरेको जनाए। कोरोना भाइरसको महामरीमा कमि आई वातावरण अनुकूल हुनेबित्तिकै प्रतियोगिता पुनः सञ्चालन गर्ने जानकारी उनले गराए।  

आयोजक युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले प्रतियोगिताका लागि धेरैले सहयोग गरेको भन्दै सहयोगी सबैप्रति धेरैधेरै धन्यवाद व्यक्त गरे। उनले प्रतियोगिता सुरु हुने बेला उक्त सहयोग पुनः प्राप्त हुने विश्वास व्यक्त गरे।  

युवा टिमका सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले प्रतियोगिता भावी दिनमा अझ बढी भब्य हुने विश्वास लिए। उनले प्रतियोगिता गर्नका लागि धेरैको सहयोग व्यक्त भएको भन्दै आगामी दिनमा पनि सहयोग हुनेमा आफू विश्वस्त भएको बताए।  

युवा टिमका सचिव रामेश्वर मचामसी, भक्तपुर नगरपालिका वडा नं ७ का पूर्व वडाध्यक्ष शिवनारायण ग्वाछा, युवा टिमका पूर्व अध्यक्ष तुल्सीनारायण ग्वाछालगायतको सहभागितामा कार्यक्रम भएको थियो।

प्रकाशित: १२ माघ २०७८ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App