८ वैशाख २०८१ शनिबार
खेल

रावल आधिकारिक प्रमोटर

आइटिटिएफ फाउन्डेसन, जर्मनीले स्ट्याग इन्टरनेसनल प्रशिक्षक नरेश रावललाई ‘विश्व टेबल टेनिस दिवस २०२२’ अवसरमा एउटा आधिकारिक प्रमोटरका रूपमा चयन गरेको छ।

अन्तर्राष्ट्रिय आइटिटिएफ लेभल २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका रावलले अप्रिल महिनामा ‘पिङ पोङ कूटनीति’ मा आधारित कार्यक्रम सञ्चालन गर्नेछन्। 

कार्यक्रममा कोच रावलद्वारा सञ्चालित आर्थिक पृष्ठभूमिका गरिब बालबालिकालाई निःशुल्क टेबल टेनिस तालिम र टेबुल टेनिस खेलकुद सामग्री उपलब्ध गराउन ‘स्ट्याग सरोज टेबल टेनिस फर अल क्लब’ सञ्चालन गर्न लागिएको हो।

आइटिटिएफ, जर्मनीद्वारा विश्वभरबाट मात्र २५ जनालाई आधिकारिक प्रमोटरका रूपमा छनोट गरिएको छ। रावलले यसअघि नै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू जस्तै रिमोट ट्रेनिङ, डब्लु टिटी डे २०२१, माई जेन्डर माई स्ट्रेन्थ आदि मा सहभागिता जनाउनुका साथै यस्ता कार्यक्रम आयोजनासमेत गरिसकेका छन्।

प्रकाशित: ८ माघ २०७८ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App