८ वैशाख २०८१ शनिबार
खेल

चर्च ब्वाइजलाई खेलकुद सामग्री

राष्ट्रिय लिगको ‘सी’ डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई एनी स्पोर्ट्स क्लोथिङले साथ दिएको छ।  

‘सी’ डिभिजन लिग च्याम्पियन हुँदै ‘बि’ डिभिजनमा आएको चर्च ब्वाइजलाई एनी स्पोर्ट्सले १ वर्षका लागि जर्सीलगायतका सम्पूर्ण स्पोर्ट्स किट प्रदान गर्ने भएको छ। शुक्रबार क्लबका अध्यक्ष रुवेन राई र एनी स्पोर्ट्सका सञ्चालक सन्तोष थोप्रा लिम्बूबीच सम्झौता भएको हो।

सम्झौता अनुसार चर्च ब्वाइजलाई १ वर्षका लागि एनीले सम्पूर्ण स्पोर्ट्स किट प्रयोजन गर्ने उल्लेख गरिएको क्लबले जनाएको छ। वार्षिक सहयोग गर्दा प्रायोजकको ५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।  

झापाको शिवसताक्षीमा रहेको एनी स्पोर्ट्सले यसअघि विभिन्न प्रतियोगितामा सहयोग गर्दै आएको थियो। जर्सीको नेपाली उत्पादनलगायतका अन्य सामग्री उत्पादन गर्दै आएको बताउँदै सञ्चालक थोप्राले चर्च ब्वाइजलाई सफलताको शुभकामना दिए। ‘बि’ डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइज मोरङको उर्लाबारीमा बन्द प्रशिक्षण गरिरहेको छ।

प्रकाशित: ७ माघ २०७८ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App