coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गोधुली रनिङ कपमा धरानको वडा नं १६ च्याम्पियन

च्याम्पियन वडा नं १६ का खेलाडीहरु। तस्बिरः रोहित राई

२२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं १६ च्याम्पियन भएको छ।

धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४ ३ गोलअन्तरले स्तब्ध बनाउदै च्याम्पियन भएको हो। गत सँस्करणको उपविजेता वडा १६ गोधुलीमा पहिलो पटक विजेता भएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि समय अभावको कारण खेल सिधै टाइब्रेकरबाट छिनोफानो भएको हो।

टाइब्रेकरमा वडा नं १३ का मिलन लिम्बु र अशोक कटवाल गोल गर्न चुक्दखा वडा १६ को पोल्टामा उपाधि पुगेको हो। वडा १३ का निश्चल श्रेष्ठ, दोर्जे तामाङ र मन्दिप राई मात्र गोल गर्न सफल भएका थिए। वडा १६ का सरोज लकान्द्री गोल गर्न चुके पनि प्रविण भुजेल, मनिष बस्नेत, शैलैन्द्र नेपाल र खुशीमान लिम्बुले गोल गर्दै उपाधि दिलाए।

विजेता वडा १६ ले नगद १ लाख ५० हजार र ट्रफी हात पार्यो भने उपविजेता वडा १३ ले नगद ७५ हजारमा चित्त बुझायो। विजेता र उपविजेता दुवै टोलीलाई वडा नं १८ का वडाअध्यक्ष प्रविण राईले २५–२५ हजार पुरस्कार थप गरेका थिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नं १६ का जलन तुम्बापो लिम्बु घोषित भए। उनले ट्रफी र नगद १५ हजार हात पारे। यस्तै, फाइनल खेलको म्यान अफ दि म्याच वडा १६ का मनिष बस्नेत घोषित हुँदै नगद ५ हजार ५ सय हात पारे।

प्रतियागिताको उत्कृष्ट गोलकिपर वडा १६ का रितेश निरौला, उत्कृष्ट डिफेन्स वडा १३ का निश्चल श्रेष्ठ, उत्कृष्ट स्ट्राइकर वडा १३ का मिलन लिम्बु, उत्कृष्ट कोच वडा १६ का दिवस मगर र उत्कृष्ट मिडफिल्ड विवेक राई बि घोषित भए। उत्कृष्ट खेलाडी तथा कोचले नगद ५ हजार ५ सय पुरस्कार पाए। प्रतियोगितामा सबैभन्दा बढी ७ गोल गरेका वडा १६ का खेलाडी सरोज लकान्द्रीले हाई स्कोररको पुरस्कार पाए। उनले नगद ७ हजार ५ सय पाए।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष घनश्याम बुढाथोकीलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २ माघ २०७८ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App