९ माघ २०७८ आइतबार
खेल

कोसी क्याम्पसलाई हिसान क्रिकेटको उपाधि

९ औं हिसान स्पोर्ट्स मिटअन्तर्गत क्रिकेटको उपाधि कोसी क्याम्पसले जितेको छ। हिसान मोरङले विराटनगरमा आयोजना गरेको प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा कोसीले अरनिको कलेजलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।  

टस जिती पहिलो ब्याटिङ थालेको अरनिकोले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार परेको थियो। अंकित मण्डलले १८, दीप स्वर्णकारले १५ र सुमन मण्डलले १४ रनको व्यक्तिगत स्कोर बनाए। कोसीका रञ्जन कामत र अमित रायले समान २–२ विकेट लिए।

१ सय ३ रनको लक्ष्य पाएको कोसीले १७ ओभर खेल्दै २ विकेटको क्षतिमा विजयी भयो। म्यान अफ द फाइनल नितेश यादवले ४१ र रोहन विकले ३८ रनको व्यक्तिगत स्कोर बनाए। अरनिकोका चन्दन यादव र राहुल नायकले १–१ विकेट लिए।  

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अरनिकोका अंकती मण्डल, उत्कृष्ट बलर अरनिकाकै अभिषेक बराल र उत्कृष्ट ब्याट्सम्यान कोसीका रोहन विक भए।  

हिसानमा आवद्ध १३ कलेजको सहभागिता रहेको थियो। हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष राजेश कार्की, हिसान मोरङका वरिष्ठ उपाध्यक्ष अमित ढकाललगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: ३० पुस २०७८ १९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App