६ वैशाख २०८१ बिहीबार
खेल

स्वास्थ्य सम्वेदनशीलतालाई हेरेर ताप्लेजुङ रन स्थगित

कारोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ ताप्लेजुङ रन अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कुनै पनि मेला, महोत्सव, खेलकुदजन्य गतिविधि गर्न नपाइने निर्देशन जारी गरेपछि ताप्लेजुङ रनलाई पनि स्थगित गरिएको रनका अध्यक्ष दिनेश खवासले जानकारी दिए।

खवासका अनुसार माघ १ गते हुने ५६ औँ हप्ताको दौडलाई अर्काे सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित: ३० पुस २०७८ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App