८ वैशाख २०८१ शनिबार
खेल

टाईगर कप भलिबलः फाईनल प्रवेश रोमाञ्चक, अन्तिम खेलको प्रतिक्षा

शसस्त्र प्रहरी बल विरुद्ध स्पाईक गर्दै हेल्प नेपाल स्पोर्टस क्लबका खेलाडी। तस्बिर: उमेश पुन/नागरिक

एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब शसस्त्र प्रहरीलाई ३–१ को सेटले पन्छाएपछि दोस्रो संस्करणको टाईगर कप फाईनल प्रवेशको लागि अंक तालिका रोमाञ्चक बनेको छ।  

टाईगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सञ्चालित क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल पुलिस क्लब तीन जितसँगै शीर्षस्थानमा छ। पुलिसको ८ अंक छ। हेल्प नेपालले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ। हेल्प नेपालको ७ अंक छ। नेपाल पुलिससँग पाँचै सेट खेलेर हार व्यहोरेको हेल्प नेपालले एक अंक प्राप्त गरेको थियो।  

त्रिभुवन आर्मीले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ। दुई जितले ६ अंक छ। गण्डकी प्रदेशले एक जित र दुई हार व्यहोरेको छ। शसस्त्र प्रहरी बल भने जित विहीन हुदैं उपाधि होडबाट बाहिरिसकेको छ। फाईनल प्रवेशको लागि अन्तिम खेलले निर्धारण गर्ने छ। अन्तिम खेल हेल्प नेपाल स्पोर्टस क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ।  

निकै महत्वपूर्ण मानिएको खेलमा शसस्त्र प्रहरी बलले पहिलो सेट जित्दै हेल्प नेपाललाई दबावमा राख्यो। पहिलो सेट २३–२५ ले गुमाएको हेल्प नेपालले बाँकी तीन सेट आफनो पक्षमा पार्दै फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ। दोस्रो सेट हेल्प नेपालले २५–२०, तेस्रो सेट २५–१५ र चौथो सेटमा २५–१९ ले पराजित गर्दै फाईनलमा स्थान बनाउन सम्भावनालाई कायमै राख्यो।  

त्यस्तै त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाईनलको सम्भावनालाई जिवितै राखेको छ। पहिलो सेट १८–९ को स्थितिमा अघि बढेको आर्मीले २५–१५ मा आफनो नाममा लेखायो। तर दोस्रो सेटमा गण्डकी प्रदेश खेलमा फर्किएपछि आर्मीले दोस्रो सेट २०–२५ सेटमा गुमाउन पुग्यो। प्रतिस्पर्धात्मक अपेक्षा गरिएको खेलमा तेस्रो सेट आर्मीले २५–१५ कै अवस्थामा लिएपछि दबावमा परेको गण्डकी प्रदेशले चौथो सेट भने २६–२४ मा आर्मीलाई सुम्पिएपछि फाईनल यात्रा कठिन बन्न पुग्यो।  

प्रकाशित: २९ पुस २०७८ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App