८ वैशाख २०८१ शनिबार
खेल

गोँधुली कपमा चार टोली क्वार्टरफाइनल प्रवेश

धरानमा जारी २२ औं गोँधुली फुटबल रनिङ कपमा आज बुधबार भएको खेलमा जित हात पार्दै चार वटा टोली क्वार्टरफाइनल प्रवेश गरेको छ।  

धरान १६ स्थित रंगशालामा भएको चार खेलमा जित हात पार्दै वडा नं ८, १५, ११ र १९ क्वार्टरफाइनल प्रवेश गरेको हो। पहिलो खेलमा वडा नं ८ ले वडा ९ लाई ३–० गोल अन्तरले पराजित गरेको छ। वडा ८ को लागि आमोद माझीले २ गोल गरेका थिए भने सविन राना मगरले १ गोल गरे। आमोदले पहिलो हाफको १८ औं मिनेट र दोस्रो हाफको इञ्जुरी समयमा गोल गरेका थिए। उक्त खेलको म्यान अफ द म्याच वडा नं. ८ का मदन लाबुङ घोषित भए। उनले पुरस्कार स्वरुप नगद १५ सय हात पारे।

दोस्रो खेलमा वडा नं. १५ ले वडा नं १० लाई २–० गोलअन्तरले पराजित गर्यो। वडा १५ को लागि सुवास मगर र सुगम जिमीले गोल गरेका थिए। खेलको म्यान अफ द म्याच वडा नं. १५ का सुगम जिमी घोषित हुँदै नगद १५ सय हात पारे। यसैगरि, तेस्रो खेलमा वडा नं. ११ ले वडा नं. १७ लाई २–१ ले पराजित गरेको छ। वडा ११ कोजितमा रिवस मास्के र दावा शेर्पाले गोल गरेका थिए।

खेलमा पहिलो हाफको ८ औं मिनेटमा रिवसले गोलको खाता खोलेका थिए। तर २५ औं मिनेटमा वडा १७का नगेन्द्र विकले बराबरी गोल गरेका थिए। काउन्टर अट्याक गर्दै वडा ११ का दावा शेर्पाले गोल गरेपछि २–१ को जित हात पार्यो। खेलको म्यान अफ दि म्याच वडा ११ का गोल किपर प्रदीप जिमी घोषित भएका थिए। उनले नगद १५ सय हात पारे।

यस्तै, अन्तिम खेलमा वडा नं १९ ले वडा नं २० लाई ४–० ले पराजित गर्यो। वडा १९ को जितमा इन्चन राईले २ गोल गरे भने आयाम राई र विनोद राईले एक एक गोल गरे। खेलको म्यान अफ द म्याच वडा नं १९ का विनोद रार्ई घोषित हुँदै नगद १५ सय हात पारे। बिहीबार पहिलो खेल वडा नं. १६ र ७ बीच दिउँसो १ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नं. ६ र १३ बीच हुनेछ। 

प्रकाशित: २८ पुस २०७८ १४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App